गजल
बन्धकी छन् हर्ष-उल्लास, धेरै रोयो देश ।
हाँस्न कहिले पाएन खास, धेरै रोयो देश ।।
न सुशासन, न समृद्धि, न ठाडो छ शीर ।
न निस्कियो सही निकास, धेरै रोयो देश ।।
सुखी, शान्त, सुन्दर राष्ट्र, सोचिएको हो ।
फजुल भए सारा विश्वास, धेरै रोयो देश ।।
सारा जंजीर तोड्न सक्ने, तन्नेरी हो ऊ ।
पढी-लेखी भइदियो दास, धेरै रोयो देश ।।
सिँहदरबार मात्रै जहिले, मुस्कुराउने भो ।
आऊँ बदलौँ यो इतिहास, धेरै रोयो देश ।।
Written by: बडुवाल कपिल सिजापति, अछाम
If you like this gajal then please share for more
#nepal
#statuscollect
#quotes
#status
#bestlines
#poem
No comments
If you like our status then Comment and share